
काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर मर्मत नगर्ने बताएका छन्। बुधबार जेनजी आन्दोलनकारीले आगजनी गरेको घर हेर्न बालकोट पुगेका बस्नेतले ओलीका लागि नयाँ घर गुण्डुमा निर्माण गरिने घोषणा गरे।
उनका अनुसार बालकोटको घरमा पुनःखर्च गर्नुको साटो गुण्डुमा नयाँ वासस्थान बनाइनेछ, जसलाई ‘ओली कुटी’ नाम दिइनेछ। बस्नेतले भने, “हामी उहाँका लागि गुण्डुमा बस्ने घर बनाउँदैछौं। अहिले बालकोटमा मर्मत गर्ने योजना छैन।”
बस्नेतले ओलीको परिवार सानो भएकाले ठूलो जग्गा-जमिनको आवश्यकता नभएको उल्लेख गरे। साथै उनले जलेको घर ओलीको व्यक्तिगत सम्पत्ति नभई राष्ट्रिय सम्पत्तिको रूपमा रहेको दाबी पनि गरे।