News Portal

छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

२६५ पटक

रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग हुने ढककी, सुप्पा, कोनिया, ढाला जस्ता बाँसका चोया सामग्री बनाउन स्थानीयहरू व्यस्त भएका छन्।

रंगेली नगरपालिका–६ स्थित माझी टोल र मल्कालिक टोलमा बसोबास गर्दै आएका करिब ६० घरपरिवार अहिले छठ पर्वका लागि यी सामग्री बनाउन व्यस्त छन्। उनीहरू तराई क्षेत्रमा पाइने बाँसबाट चोया निकालेर आवश्यक सामग्री तयार पार्दै आएका छन्।

बिगतमा यही पेशाबाट राम्रो आम्दानी हुने गरे पनि अहिले खुला सिमानाका कारण भारतीयहरूले नेपालमा आएर सस्तो मूल्यमा यस्ता सामग्री बिक्री गर्न थालेपछि आफ्नाे रोजगारीमा असर परेको स्थानीय रुपेश मल्लिकले बताए।

उनका अनुसार यो पुर्ख्यौली पेशा भएकाले आफूहरूले यसको जगेर्ना गर्दै आएका छन्। तर बाँस महँगो भएको र सामग्री बनाउँदा हातखुट्टा कुटिने, कानिने समस्या हुने पनि बताए।

उनीहरूले तयार पारेका सामग्रीहरू रंगेली, कर्सिया, दोहमाना र डाइनिया बजारमा बिक्री गर्छन्। एक दिनमा ८ देखि १० वटा सुप्पा बनाउन सकिने र एउटा बाँसबाट ५ देखि ६ वटा सामग्री तयार हुने मल्लिकले जानकारी दिए।

छठ पर्वका लागि अहिले बजारमा सुप्पा प्रतिगोटा १५० रुपैयाँ, ढककी ३०० देखि ३५० रुपैयाँ र ढकना १०० रुपैयाँसम्म बिक्री भइरहेको छ।

अहिले उनीहरू छठ पर्वमा आवश्यक पर्ने अन्य सामग्रीहरूको जोहो गर्न पनि थालेका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...