
काठमाडौं, कार्तिक ३ – सुम्निमा हाइड्रोपावर कम्पनीले आफ्नो प्रारम्भिक शेयर (IPO) सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटल कम्पनीले संस्थागत परामर्श सेवासहित शेयर निष्काशन र बिक्री प्रबन्धको जिम्मेवारी सम्हाल्नेछ।
सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र सुम्निमा हाइड्रोपावरका अध्यक्ष आषिश सुवेदीले हस्ताक्षर गरेका थिए।
सुम्निमा हाइड्रोपावरले भोजपुरको टेम्केमैयुङ गाउँपालिका हुँदै बग्ने पिखुवा खोलाको पानीको सदुपयोग गरी ४.९ मेगावाट क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
