News Portal

इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो

३०५ पटक

काठमाडौं, कात्तिक ३ – अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको छ। केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको शवलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थल पुगेका थिए।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घर पुर्याएर त्यहीँ अन्तिम संस्कार गरिने जानकारी प्राप्त भएको छ।

विपिनलाई २०२३ अक्टुबर ७ मा इजरायलको किबुत्ज क्षेत्रमा हमासले बन्धक बनाएको थियो। लामो समय अज्ञात अवस्थामा रहेका उनको मृत्यु असोज २७ मा इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए। युद्धविरामपछि बन्दी साटासाटको क्रममा हमासले उनको शव इजरायली सेनालाई बुझाएको थियो।

शवको डीएनए परीक्षणले विपिनकै भएको पुष्टि गरेको छ भने फरेन्सिक जाँचले उनको मृत्यु अपहरणको समयमा भएको देखाएको छ। नेपाल पठाउनुअघि आइतबार इजरायलको तेल अवीवमा श्रद्धाञ्जली दिइएको थियो। शवको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...