News Portal

ट्रम्पलाई ‘तानाशाह’ भन्दै युरोप, अमेरिका र क्यानडामा ठूलो प्रदर्शन

२२५ पटक

काठमाडौँ, कार्तिक २ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीलाई ‘राजासमान’ भएको आरोपमा शनिबार अमेरिका भरि प्रदर्शन भएको छ। वाशिङ्टन डीसी, न्यूयोर्क, शिकागो, मियामी, लस एन्जलस र अन्य शहरमा हजारौं नागरिक सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले ‘नो किङ्स’ अभियानअन्तर्गत लोकतन्त्र र संविधानको रक्षा माग गरे।

न्यूयोर्क सिटीको टाइम्स स्क्वायर वरिपरि करिब २० हजार प्रदर्शनकारी उपस्थित थिए भने शहरभर करिब १ लाख मानिस सहभागी थिए। उनीहरूले “लोकतन्त्र, राजासत्ताले होइन” र “संविधान ऐच्छिक होइन” लेखिएका प्लेकार्ड बोकेर आक्रोश व्यक्त गरे।

ट्रम्प समर्थकहरूले प्रदर्शनलाई अतिवामपन्थी ‘एन्टिफा’ आन्दोलनसँग जोडेर आलोचना गरे पनि अमेरिकी सञ्चारमाध्यमले शान्तिपूर्ण भएको पुष्टि गरेका छन्। ट्रम्पले आफूलाई ‘तानाशाह’ नभएको दाबी गर्दै देश निर्माणका लागि आवश्यक कदम चालिरहेको बताए।

वाशिङ्टन डीसीमा पनि हजारौं नागरिक सडकमा उत्रिएका थिए। सिनेटर चक शुमर, बर्नी स्यान्डर्स, कोरी बुकर र क्रिस मर्फीले प्रदर्शनलाई समर्थन जनाए। युरोपका बर्लिन, म्याड्रिड, रोम र क्यानडाको टोरन्टोमा समेत विरोध र्‍याली भएको थियो। हालैको सर्वेक्षण अनुसार ट्रम्पको लोकप्रियता ४० प्रतिशतमा झरेको छ भने ५८ प्रतिशत नागरिक असन्तुष्ट छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...