
काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याल लगातार आफूलाई थुन्ने विषयमा छलफल गरिरहेको बताए। “गृहमन्त्रीले केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर सल्लाह र छलफल गरे, तर केही प्रमाण फेला परेन,” ओलीले भने।
उनका अनुसार, सरकार कुनै न कुनै बहानामा आफूलाई जेल पठाउने प्रयासमा लागेको छ। उनले थपे, “हिजो जेनजीहरूले त मान्दै मानेनन्, तर सरकार भने जसरी पनि केपी ओलीलाई थुन्ने सोचमै छ।”
ओलीले नेताहरूलाई पार्टीभित्रका कुराहरू बाहिर नल्याई संगठनभित्रै छलफल गरेर समाधान गर्न आग्रह गरे। साथै उनले तोकिएको समयमा निर्वाचन नहुने दाबी पनि गरे।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
