News Portal

ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

२५५ पटक

काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याल लगातार आफूलाई थुन्ने विषयमा छलफल गरिरहेको बताए। “गृहमन्त्रीले केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर सल्लाह र छलफल गरे, तर केही प्रमाण फेला परेन,” ओलीले भने।

उनका अनुसार, सरकार कुनै न कुनै बहानामा आफूलाई जेल पठाउने प्रयासमा लागेको छ। उनले थपे, “हिजो जेनजीहरूले त मान्दै मानेनन्, तर सरकार भने जसरी पनि केपी ओलीलाई थुन्ने सोचमै छ।”

ओलीले नेताहरूलाई पार्टीभित्रका कुराहरू बाहिर नल्याई संगठनभित्रै छलफल गरेर समाधान गर्न आग्रह गरे। साथै उनले तोकिएको समयमा निर्वाचन नहुने दाबी पनि गरे।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...