News Portal

देउवा दम्पत्तीमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दै नेविसंघको पत्र

३०२ पटक

काठमाडौं, असोज ३१ — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले जेनजी आन्दोलनका क्रममा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको छ।

शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङलाई बुझाइएको १० बुँदे ज्ञापनपत्रमार्फत नेविसंघले उक्त माग राखेको हो। नेविसंघका अनुसार देउवा दम्पत्तीमाथि गरिएको आक्रमण कुनै आकस्मिक घटना नभई योजनाबद्ध रूपमा गरिएको साङ्घातिक कार्य हो, जसका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता छ।

संगठनले आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई समेत अनुसन्धान गरी आवश्यक कारबाही गर्न राज्यसँग आग्रह गरेको छ। साथै, सुरक्षाकर्मीहरूको मनोबल घट्ने अवस्था नआओस् भन्दै नेविसंघले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सरकारको नैतिक जिम्मेवारी रहेको जनाएको छ।

नेविसंघले फौजदारी अपराधमा संलग्न जोसुकै व्यक्तिलाई निष्पक्ष छानबिनमार्फत कानुनी दायरामा ल्याउनुपर्ने स्पष्ट माग गरेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...