News Portal

विपिन जोशीको शव ल्याउने तयारी अन्तिम चरणमा, आमा र बहिनी काठमाडौं फर्किए

२३४ पटक

काठमाडौं, असोज ३० – इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आवश्यक कानुनी तथा कागजी काम पूरा गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान अमेरिकाबाट स्वदेश फर्किएका छन्। उनीहरू कतार एयरवेजको विमानमार्फत बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विपिनको अवस्थाबारे जानकारी लिन र उनको सकुशल मुक्तिका लागि दबाब सिर्जना गर्न उनीहरू पहिले इजरायल र त्यसपछि अमेरिका पुगेका थिए। तर उनीहरू अमेरिकामै रहँदा हमासले विपिनको मृत्यु भएको पुष्टि गर्दै उनको शव इजरायललाई हस्तान्तरण गरेको थियो।

जोशी परिवारको इजरायल, अमेरिका र नेपालबीचको सम्पूर्ण यात्रा व्यवस्थापन इजरायली सरकारले गरेको जनाएको छ।

स्मरणीय छ, करिब दुई वर्षअघि इजरायलको “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत अध्ययन र कामका लागि गएका १७ जना नेपालीमध्ये १० जनाको हमास आक्रमणमा मृत्यु भएको थियो। सोही घटनामा अपहरणमा परेका विपिन जोशीको मृत्यु हालै पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस्

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...