
काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक वर्षका लागि निलम्बन गरेको छ।
पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष बेदबहादुर शाहीसहित उपाध्यक्ष विमल शाही, उपाध्यक्ष कालीबहादुर महत र कर्णाली सदस्य मन्सुर सुनारलाई निलम्बन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
उक्त कदम पार्टीको अनुशासन समितिको सिफारिस अनुसार लिइएको हो।