News Portal

ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

२३२ पटक

काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान गर्न सबै नेता तथा कार्यकर्ताले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टीको आधिकारिक संरचनाले गर्ने निर्णय आफूलाई सधैं स्वीकार्य हुने स्पष्ट पारे।

अध्यक्ष ओलीले भने, “फेसबुकमा लेखिएको कुरा हेरेर म राजीनामा दिन्नँ। यो पार्टीको कमिटीले निर्णय गर्ने विषय हो। कमिटीले जुन आदेश दिन्छ, म त्यसको पालना गर्न तयार छु।”

उनले एमालेमाथि भइरहेको आक्रमण पार्टीका गल्तीका कारण होइन, बरु राम्रो कामका कारण भएको दाबी गरे। ओलीका अनुसार देश अहिले प्रतिक्रान्तिको दिशातर्फ धकेलिँदै गएको छ, र यस अवस्थालाई लोकतान्त्रिक, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोतर्फ फर्काउन सबैले भूमिका खेल्न जरुरी छ।

ओलीले पार्टीभित्र मतभेद भए पनि संगठनात्मक एकता नै वर्तमान परिस्थिति सामना गर्ने मुख्य आधार भएको बताए। उनले लोकप्रियता कमाउने नाममा कमिटीको निर्णयभन्दा बाहिर नजान नेताहरूप्रति आग्रह गर्दै भने, “हाम्रो बल एकतामा छ, त्यसैले सबै जना मिलेर अघि बढौं।”

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...