News Portal

  • ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    ४५ पटक

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान गर्न सबै नेता तथा कार्यकर्ताले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टीको आधिकारिक संरचनाले गर्ने निर्णय आफूलाई सधैं स्वीकार्य हुने स्पष्ट पारे।

    अध्यक्ष ओलीले भने, “फेसबुकमा लेखिएको कुरा हेरेर म राजीनामा दिन्नँ। यो पार्टीको कमिटीले निर्णय गर्ने विषय हो। कमिटीले जुन आदेश दिन्छ, म त्यसको पालना गर्न तयार छु।”

    उनले एमालेमाथि भइरहेको आक्रमण पार्टीका गल्तीका कारण होइन, बरु राम्रो कामका कारण भएको दाबी गरे। ओलीका अनुसार देश अहिले प्रतिक्रान्तिको दिशातर्फ धकेलिँदै गएको छ, र यस अवस्थालाई लोकतान्त्रिक, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोतर्फ फर्काउन सबैले भूमिका खेल्न जरुरी छ।

    ओलीले पार्टीभित्र मतभेद भए पनि संगठनात्मक एकता नै वर्तमान परिस्थिति सामना गर्ने मुख्य आधार भएको बताए। उनले लोकप्रियता कमाउने नाममा कमिटीको निर्णयभन्दा बाहिर नजान नेताहरूप्रति आग्रह गर्दै भने, “हाम्रो बल एकतामा छ, त्यसैले सबै जना मिलेर अघि बढौं।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दीपक बस्नेतको पहलमा झापाकी असाय आमा जानुका चौधरीको घर निर्माणमा देश–विदेशबाट सहयोग

    कुवेत-झापा कन्काई नगरपालिका–४ मनकामना टोलकी ७५ वर्षीया असाय आमा जानुका चौधरीको जीवनमा नयाँ उज्यालो छाएको...

    ठूलो मान्छे हैन, असल‌ मान्छे बन्नु !

    कमला थापा / २०८२ असोज ३० गते। उक्त भनाइ राजनेता विपी कोइरालाको हो। विपी कार्यकर्ताहरुलाई...

    एमालेको आरोप– सरकारले चुनाव गराउने बाटो छोडेको

    काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको...

    महँगो अस्पताल, सस्तो नर्स: नर्स–अस्पताल विवाद गहिरिँदै

    पोखरा, असोज ३० –  गण्डकी प्रदेशका दुई प्रमुख शिक्षण अस्पताल, मणिपाल र गण्डकी मेडिकल, का...

    अदालतको सेवा एक दिन पनि रोक्न नहुने प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौं, असोज ३० – काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक स्थानको खोजी भइरहेका बेला...