News Portal

सभामुखद्वारा संसद् विघटनबारे दल र कानुनविदसँग छलफल गर्ने तयारी

२५२ पटक

काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको वैधानिकता र प्रभावबारे छलफल गर्ने तयारी गरेका छन्।

उनले भोलि बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार बैठकमा संसद् विघटनसम्बन्धी पछिल्ला राजनीतिक अवस्थामाथि रायसुझाव लिने उद्देश्य रहेको छ।

यससँगै सभामुख घिमिरेले कानुन व्यवसायी र संवैधानिक विज्ञहरूसँग पनि निरन्तर परामर्श गरिरहेका छन्।

संसद् विघटनलाई असंवैधानिक ठहर गरिएको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरू चुनावमा जाने तयारीमा रहेको बुझिएको छ। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दर्ता भइसकेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...