News Portal

  • गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    ३३ पटक

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गर्दै आएको घरमै बैठक बसिरहेको एमाले स्रोतले जनाएको छ।

    बैठकमा हालको राजनीतिक परिस्थिति, नेतृत्वमा देखिएका बहस र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको छ। जेनजी प्रदर्शनपछि विभिन्न दलमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको चर्चा बढ्दो अवस्थामा छ, तर एमालेभित्र भने अध्यक्ष ओलीको पक्षमा संस्थापन समूह खुलेर उभिएको देखिन्छ।

    गए बिहीबार गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अन्तरिम सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। उनले प्रतिनिधि सभा विघटनको विरोधमा उभिने र पुनःस्थापनाका लागि पहल गर्ने घोषणा पनि गरेका थिए।

    भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएको थियो। त्यसयता उनी गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्।

    यसैबीच, एमाले निकट युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले मोटरसाइकल र्‍यालीको तयारी गरेको जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...