News Portal

काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

२६० पटक

काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्।

परिसरका एसपी पवनकुमार भट्टराईले यसलाई पुष्टि गर्दै भने, “उनीहरूविरुद्ध आज पनि जाहेरी आएको छ। यससँगै दुई वटा जाहेरी प्राप्त भएका छन्।”

मंगलबार मात्र साह र गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले पनि जाहेरी दिएका थिए। यी दुवै जाहेरी अहिलेसम्म दर्ता भइसकेका छैनन्।

प्रहरीका अनुसार, हाल प्राप्त जाहेरी उच्चस्तरीय आयोगको क्षेत्राधिकारमा पर्ने भएकाले आयोगमा पठाउने तयारी भइरहेको छ। आयोगको गठन २३ र २४ भदौका घटनाहरूको छानबिनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा भएको हो।

सुदन गुरुङसहितको समूहले पहिले पनि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका थिए। २३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको मृत्यु भएको घटनामा उनीहरूको भूमिका रहेको आरोपमा अनुसन्धान माग गरिएको थियो।

हाल बालेनले सिंहदबारमा आगजनी हुँदा दमकल नपठाएको र सुदनले आगजनी गरेको विषयमा नयाँ जाहेरी परेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...