
काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्।
परिसरका एसपी पवनकुमार भट्टराईले यसलाई पुष्टि गर्दै भने, “उनीहरूविरुद्ध आज पनि जाहेरी आएको छ। यससँगै दुई वटा जाहेरी प्राप्त भएका छन्।”
मंगलबार मात्र साह र गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले पनि जाहेरी दिएका थिए। यी दुवै जाहेरी अहिलेसम्म दर्ता भइसकेका छैनन्।
प्रहरीका अनुसार, हाल प्राप्त जाहेरी उच्चस्तरीय आयोगको क्षेत्राधिकारमा पर्ने भएकाले आयोगमा पठाउने तयारी भइरहेको छ। आयोगको गठन २३ र २४ भदौका घटनाहरूको छानबिनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा भएको हो।
सुदन गुरुङसहितको समूहले पहिले पनि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका थिए। २३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको मृत्यु भएको घटनामा उनीहरूको भूमिका रहेको आरोपमा अनुसन्धान माग गरिएको थियो।
हाल बालेनले सिंहदबारमा आगजनी हुँदा दमकल नपठाएको र सुदनले आगजनी गरेको विषयमा नयाँ जाहेरी परेका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
