News Portal

बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

१६९ पटक

काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने माग एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले गरेको छ।

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा युवा सङ्घका उपाध्यक्ष महाराज गुरुङले बालेन शाहका आर्थिक क्रियाकलाप र सम्पत्तिको स्रोतप्रति प्रश्न उठाउँदै छानबिन आवश्यक भएको बताए। उनले भने, “हामी नेपाल नामक संस्थाबाट कति सम्पत्ति आएको हो र त्यसको प्रयोग कहाँ भएको हो भन्ने विषय स्पष्ट हुनुपर्छ।”

गुरुङले मेयर बालेनले देशलाई गलत दिशातर्फ लैजाने काम गरेको आरोप समेत लगाए। साथै, उनले सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने तयारी नगरेको दाबी गर्दै चेतावनी दिए, “यदि सरकारले निष्पक्ष चुनाव सुनिश्चित गरेन भने, प्रधानमन्त्री र मन्त्री जहाँबाट उम्मेदवार बन्छन्, म पनि त्यही क्षेत्रबाट चुनाव लड्नेछु।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...