News Portal

सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

३०५ पटक

काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमै उपलब्ध रहन निर्देशन दिएको छ।

मन्त्रालयले सबै जिल्लाका सिडिओलाई पठाएको पत्रमा विपद् व्यवस्थापनमा पूर्ण रूपमा जुट्न आह्वान गरिएको छ। साथै राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन सहजीकरण गर्न भनिएको छ।

यात्रुहरूलाई आवश्यक परेमा स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरेर खानपानको व्यवस्था गर्न पनि निर्देशन गरिएको छ। त्यस्तै, राजमार्गमा रोकिएका एम्बुलेन्सलाई सहज आवागमन गर्न सहयोग गर्न र गर्भवती महिला अलपत्र परेको अवस्थामा नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

गृह मन्त्रालयले जोखिमपूर्ण स्थानमा बसोबास गर्ने परिवारलाई स्थानीय पालिकासँग समन्वय गरी विद्यालय वा खुला स्थानमा अस्थायी रूपमा सुरक्षित स्थानान्तरण गर्न पनि निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...