
आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेष जातकका लागि प्रेम जीवन उतारचढावयुक्त रहने संकेत छ। प्रेम सम्बन्धमा भएका व्यक्तिहरूले सानो मतभेद वा अहंकारका कारण असहज अवस्था झेल्न सक्छन्। भावनालाई नियन्त्रणमा राखी धैर्यपूर्वक कुरा गर्न सक्दा सम्बन्ध सहज हुनेछ। अविवाहितहरूका लागि भने नयाँ परिचय बन्ने अवसर छ, जसले भविष्यमा सम्बन्धमा रुपान्तरण हुन सक्छ। स्वास्थ्यतर्फ ध्यान दिनुपर्ने दिन हो। टाउको दुखाइ, आँखासम्बन्धी समस्या वा पेटका रोगले सताउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोस्, अनावश्यक तनाव र अस्वस्थ जीवनशैलीबाट टाढा रहनुहोस्। मानसिक शान्तिका लागि ध्यान, योग वा प्रकृतिसँग समय बिताउनु लाभदायी हुनेछ। यात्राका दृष्टिले लामो दूरीको यात्रा आज थकाइपूर्ण देखिन्छ। जरुरी नभए आज यात्रा स्थगित गर्नु राम्रो हुन्छ। तर व्यवसाय वा अध्ययन सम्बन्धी छोटो यात्रा भने फाइदाजनक बन्न सक्छ, नयाँ अवसर वा चिनजानको मार्ग खुल्नेछ। सवारीसाधन चलाउँदा सावधानी अपनाउनु आवश्यक हुनेछ। पारिवारिक जीवनमा सामान्य असन्तुलन आउन सक्छ। घरका ज्येष्ठ सदस्यहरूसँग विचार नमिल्न सक्ने भए पनि आदर र शान्त व्यवहारले वातावरण सहज बनाउन सकिन्छ। पारिवारिक जमघट वा धार्मिक कार्यमा सहभागी हुने सम्भावना छ। दाम्पत्य जीवनमा आंशिक तनााव भए पनि सन्तान वा परिवारका साना सदस्यहरूले खुसी ल्याउनेछन्। आर्थिक पक्षमा आज मिश्रित नतिजा देखिन्छ। खर्च बढ्ने भएकाले अनावश्यक किनमेल नगरी बचतमा ध्यान दिनु बुद्धिमानी हुनेछ। लगानी गर्ने सोच छ भने केही दिन पर्खनु उपयुक्त हुनेछ। व्यापार गर्नेहरूका लागि साझेदारीमा सानो विवाद आउन सक्छ, तर योजनाबद्ध कार्यले दीर्घकालीन लाभ दिनेछ। जागिरेहरूले नयाँ जिम्मेवारी वा पदोन्नति पाउने सम्भावना छ। (शुभ रङ: गुलाबी, शुभ अंक: ७)
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज वृष जातकका लागि प्रेम जीवन रमाइलो हुने संकेत छ। अविवाहितहरूले मनपर्ने व्यक्तिसँग भेट वा आत्मीयता बढ्ने सम्भावना छ। विवाहित वा प्रेम सम्बन्धमा रहेका जातकले भने एकअर्कासँग समय बिताउने अवसर पाउनेछन्। सानो उपहार वा भावनात्मक अभिव्यक्तिले सम्बन्ध अझै प्रगाढ बनाउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ। दीर्घकालीन समस्या भएका व्यक्तिहरूलाई आरामको अनुभव हुनेछ। खानपानमा सन्तुलन र नियमित व्यायामले स्वास्थ्यमा सुधार ल्याउनेछ। मानसिक रूपमा पनि आत्मविश्वास बढ्ने दिन भएकाले नयाँ काममा ध्यान केन्द्रित गर्न सजिलो हुनेछ। यात्राका दृष्टिले आज मध्यम नतिजा दिनेछ। छोटो दूरीको यात्रा लाभदायी बन्न सक्छ भने लामो दूरीको यात्रामा ढिलाइ वा अवरोध आउन सक्छ। आवश्यक तयारीसहित यात्रा गर्दा राम्रो हुनेछ। नयाँ ठाउँको अनुभव लिन चाहनेहरूका लागि आज उपयुक्त दिन हो। पारिवारिक जीवनमा खुशी र सन्तुलन देखिन्छ। घरभित्र मिलाप र आपसी सहयोगले वातावरण रमाइलो बन्नेछ। सन्तान वा परिवारका सदस्यहरूले प्रगति वा उपलब्धि हासिल गर्ने सम्भावना छ। परिवारसँग मिलेर धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आर्थिक पक्ष आज सबल देखिन्छ। व्यापार वा व्यवसायमा राम्रो नाफा हुनेछ। नयाँ लगानी वा साझेदारीमा सकारात्मक परिणाम आउने सम्भावना छ। जागिरेहरूले पनि आफ्नो मेहनतको उचित मूल्य पाउनेछन्। खर्च बढेपनि आम्दानीले त्यसलाई पूर्ति गर्ने संकेत छ। (शुभ रङ: हल्का निलो, शुभ अंक: २)
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन जातकका लागि आज प्रेम जीवन रोचक तर केही चुनौतीपूर्ण देखिन्छ। प्रेममा रहेका जातकले सानो कुरा लिएर विवाद गर्न सक्छन्, तर संवादले समस्या समाधान गर्न सकिन्छ। अविवाहितहरूको लागि भने नयाँ प्रस्ताव वा परिचयको सम्भावना छ। स्वास्थ्य पक्ष सामान्य रहला। छालासम्बन्धी समस्या वा एलर्जी सताउन सक्छ, त्यसैले खानेकुरामा ध्यान दिनुहोस्। मानसिक तनाव कम गर्न हल्का व्यायाम वा ध्यान लाभदायी हुनेछ। आज ऊर्जा स्तर मध्यम रहनेछ। यात्रा सम्बन्धी कार्यहरूमा सफलता मिल्नेछ। काम वा अध्ययनको सिलसिलामा गरिएको यात्रा लाभदायी बन्नेछ। मित्र वा साथीहरूसँगको छोटो भ्रमण रमाइलो हुनेछ। लामो यात्रामा भने आवश्यक सावधानी अपनाउनुपर्छ। पारिवारिक जीवनमा आज केही असहज अवस्था आउन सक्छ। बुढापाकासँग मतभेद वा घरभित्र सानो विवाद हुन सक्छ। तर धैर्य र समझदारीले वातावरणलाई सहज बनाउन सकिन्छ। दाजुभाइ वा साथीहरूको सहयोग प्राप्त हुने सम्भावना छ। आर्थिक दृष्टिले आजको दिन मध्यम छ। आम्दानी भए पनि खर्चमा नियन्त्रण गर्नुपर्नेछ। व्यापारमा सानो नाफा हुनेछ भने जागिरेहरूले नयाँ अवसर वा प्रशंसा पाउनेछन्। लगानी गर्दा हतार नगर्नु राम्रो हुनेछ। (शुभ रङ: सुनौलो, शुभ अंक: ४)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कर्कट जातकको प्रेम जीवनमा सकारात्मकता छाउनेछ। प्रेममा रहेका जातकले प्रेमी/प्रेमिकासँग रमाइलो समय बिताउने अवसर पाउनेछन्। अविवाहितहरूका लागि चाहेको व्यक्तिसँग आत्मीयता बढ्ने सम्भावना छ। स्वास्थ्य सामान्य देखिन्छ। पुराना रोग वा पेटसम्बन्धी समस्या सताउन सक्छ, त्यसैले खानेकुरामा ध्यान दिनुहोस्। पर्याप्त पानी पिउनु र आराम गर्नु आजका लागि लाभदायी हुनेछ। मानसिक शान्तिका लागि परिवारसँग समय बिताउनु राम्रो हुनेछ। यात्राका दृष्टिले मध्यम नतिजा दिनेछ। छोटो यात्रामा लाभ हुने देखिन्छ भने लामो यात्रामा बाधा वा ढिलाइ हुन सक्छ। व्यापार वा कामका सिलसिलामा यात्रा गर्नेहरूलाई भने नयाँ अवसर मिल्ने संकेत छ। पारिवारिक जीवनमा रमाइलोपन रहनेछ। घरमा जमघट वा सांस्कृतिक कार्य हुनसक्छ। अभिभावक वा ज्येष्ठको आशीर्वाद पाइनेछ। सन्तानको पक्षबाट खुसी पाउने सम्भावना छ। घरमा मिलेर कुनै योजना अघि बढाउन सकिन्छ। आर्थिक दृष्टिले राम्रो दिन छ। आम्दानी बढ्ने सम्भावना छ। व्यापारमा मुनाफा हुने देखिन्छ भने जागिरेहरूले आफ्नो मेहनतको उचित मूल्य पाउनेछन्। खर्च सामान्य हुने भए पनि बचत बढाउन सकिनेछ। (शुभ रङ: हरियो, शुभ अंक: ६)
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सिंह जातकका लागि प्रेम जीवनमा केही उतारचढाव देखिन्छ। सम्बन्धमा विश्वासको कमी वा शंका उत्पन्न हुन सक्छ, जसलाई संवादले मात्र समाधान गर्न सकिन्छ। अविवाहितहरूले नयाँ प्रस्ताव पाउने सम्भावना छ। स्वास्थ्य मध्यम देखिन्छ। हड्डी वा जोर्नी दुखाइले सताउन सक्छ। लामो समयसम्म बसिरहने वा काममा व्यस्त हुनेले शरीरलाई आराम दिन आवश्यक छ। नियमित व्यायाम र हल्का खानाले स्वास्थ्यमा सुधार ल्याउनेछ। यात्राका दृष्टिले दिन सामान्य छ। जरुरी कामका लागि गरिएको यात्रा सफल हुनेछ। तर लामो दूरीमा जानेहरूलाई समस्या आउन सक्छ, त्यसैले सतर्कता आवश्यक छ। साथी वा परिवारसँग गरिएको भ्रमण रमाइलो हुनेछ। पारिवारिक जीवनमा सामान्य तनााव आउन सक्छ। विचार नमिले पनि धैर्य राखी कुरा गर्दा स्थिति सहज बन्नेछ। दाजुभाइ वा साथीहरूको सहयोगले कठिनाइ पार गर्न सकिनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्न सकिने सम्भावना छ। आर्थिक दृष्टिले मिश्रित दिन रहनेछ। आम्दानी भए पनि खर्च बढ्ने संकेत छ। व्यापार गर्नेहरूले योजनाबद्ध ढंगले अघि बढेमा मात्र लाभ पाउनेछन्। जागिरेहरूले अतिरिक्त जिम्मेवारी पाउने भए पनि त्यसले भविष्यमा फाइदा दिलाउनेछ। (शुभ रङ: बैजनी, शुभ अंक: ९)
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या जातकको प्रेम जीवन सहज तर संवेदनशील देखिन्छ। प्रेममा रहेका व्यक्तिहरूले सानो अविश्वास वा शंका गर्न सक्छन्, जसले सम्बन्धमा खटपट ल्याउन सक्छ। धैर्यपूर्वक कुरा गर्नु राम्रो हुनेछ। अविवाहितहरूको लागि भने मन पर्ने व्यक्तिसँग भेट वा प्रस्तावको सम्भावना देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ। छाती वा पेटसम्बन्धी समस्या सताउन सक्छ। खानपानमा ध्यान दिनुहोस्, चिसो वा तेलयुक्त खानेकुराबाट टाढा रहनु उपयुक्त हुनेछ। मानसिक रूपमा केही तनाव भए पनि ध्यान वा हल्का व्यायामले सुधार ल्याउनेछ। यात्राका दृष्टिले आजको दिन लाभदायी छ। काम वा पढाइसँग सम्बन्धित छोटो दूरीको यात्रा लाभदायी बन्न सक्छ। नयाँ ठाउँ जानु परे नयाँ अवसर पाउने सम्भावना छ। लामो यात्रामा भने थकाइ वा खर्च बढ्ने देखिन्छ। पारिवारिक जीवनमा सामान्य खुशी रहनेछ। परिवारभित्र कुनै कार्यको योजना बन्न सक्छ। सन्तान वा भाइबहिनीको प्रगति देखेर खुसी मिल्नेछ। अभिभावक वा बुढापाकाको आशीर्वाद पाइनेछ। घरभित्र धार्मिक वा सांस्कृतिक गतिविधि हुनसक्छ। आर्थिक पक्ष मध्यम देखिन्छ। आम्दानी भए पनि खर्च बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ तर योजनाबद्ध ढंगले मात्र लाभ हुनेछ। जागिरेहरूले आफ्नो कामको मूल्याङ्कन पाउनेछन्। खर्च नियन्त्रण गर्न सके दिन सकारात्मक हुनेछ। (शुभ रङ: खैरो, शुभ अंक: ५)
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला जातकका लागि प्रेम जीवन रमाइलो रहनेछ। अविवाहितहरूले नयाँ व्यक्तिसँग आत्मीय सम्बन्ध बनाउने सम्भावना छ। प्रेममा रहेका जातकले प्रियजनसँगको सम्बन्ध अझ बलियो बनाउन पाउनेछन्। सानो उपहार वा सरप्राइजले सम्बन्ध अझ प्रगाढ हुनेछ। स्वास्थ्य सामान्य रहला। टाउको दुखाइ वा मानसिक तनाव सताउन सक्छ, त्यसैले विश्राम र आराममा ध्यान दिनुहोस्। खानपानमा सन्तुलन र पर्याप्त निद्राले स्वास्थ्य सुधार हुनेछ। आज ऊर्जा स्तर सामान्य रहनेछ। यात्राका दृष्टिले सामान्य नतिजा दिनेछ। जरुरी कामका लागि गरिएको यात्रा सफल हुनेछ। नयाँ अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ। लामो दूरीको यात्रामा भने सावधानी अपनाउनु उपयुक्त हुनेछ। पारिवारिक जीवनमा मिलाप र सहयोगको वातावरण रहनेछ। दाजुभाइ वा साथीहरूको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। घरमा खुसीको समाचार सुन्न पाइने सम्भावना छ। परिवारसँग मिलेर रमाइलो समय बिताउने अवसर मिल्नेछ। आर्थिक दृष्टिले राम्रो दिन रहनेछ। व्यापारमा नाफा बढ्नेछ। नयाँ लगानी वा साझेदारी लाभदायी बन्न सक्छ। जागिरेहरूले पदोन्नति वा नयाँ जिम्मेवारी पाउने सम्भावना छ। खर्च बढेपनि आम्दानीले पूर्ति गर्नेछ। (शुभ रङ: सेतो, शुभ अंक: ३)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक जातकका लागि आज प्रेम जीवनमा केही उतारचढाव आउन सक्छ। प्रेममा रहेका व्यक्तिहरूले विश्वास कायम राख्नुपर्नेछ। अविवाहितहरूले चाहेको व्यक्तिसँग सम्पर्क बढाउने मौका पाउनेछन्, तर समयमै भावनालाई व्यक्त गर्नुपर्छ। स्वास्थ्य मध्यम रहनेछ। रक्तचाप वा मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्छ। आज सानो चोटपटक वा थकाइ हुने सम्भावना छ। सन्तुलित आहार र नियमित व्यायामले स्वास्थ्यलाई सुदृढ बनाउनेछ। यात्रा आज सामान्य हुनेछ। काम वा अध्ययनका लागि गरिएको यात्रा लाभदायी बन्न सक्छ। लामो यात्रामा ढिलाइ वा समस्या आउन सक्ने भएकाले सजग रहनुहोस्। साथी वा परिवारसँगको यात्रा रमाइलो हुनेछ। पारिवारिक जीवनमा केही तनाव आउन सक्छ। घरका सदस्यबीच विचार नमिल्न सक्छ। तर धैर्य र समझदारीले वातावरण सहज बनाउन सकिन्छ। दाजुभाइ वा नजिकका साथीहरूले सहयोग गर्ने सम्भावना छ। आर्थिक दृष्टिले सावधानी आवश्यक छ। आम्दानी भए पनि खर्च बढ्नेछ। लगानी गर्दा हतार नगर्नुहोस्। व्यापारमा सानो नाफा भए पनि भविष्यमा ठूलो फाइदा हुने संकेत छ। जागिरेहरूले नयाँ अवसर पाउने सम्भावना छ। (शुभ रङ: रातो, शुभ अंक: १)
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु जातकका लागि प्रेम जीवन आज राम्रो रहनेछ। प्रेममा रहेका जातकले प्रियजनसँग समय बिताउने अवसर पाउनेछन्। अविवाहितहरूको लागि नयाँ प्रस्ताव वा आत्मीयता बढ्ने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ। मानसिक तनाव कम हुनेछ। शरीरमा ऊर्जा बढ्ने भएकाले नयाँ काममा ध्यान केन्द्रित गर्न सजिलो हुनेछ। खानपानमा सन्तुलन र नियमित व्यायामले स्वास्थ्य सुधार ल्याउनेछ। यात्राका दृष्टिले राम्रो दिन छ। अध्ययन वा व्यवसायका लागि गरिएको यात्रा सफल हुनेछ। नयाँ अवसर वा लाभ प्राप्त हुने सम्भावना छ। लामो दूरीको यात्रामा रमाइलो र लाभ दुवै हुनेछ। पारिवारिक जीवनमा खुशी र सहयोगको वातावरण रहनेछ। दाजुभाइ वा साथीहरूको साथ पाउनेछ। परिवारका सदस्यसँग मिलेर महत्वपूर्ण कार्य पूरा गर्न सकिनेछ। घरमा खुसीको समाचार सुन्न पाइनेछ। आर्थिक दृष्टिले सबल दिन रहनेछ। व्यापार वा व्यवसायमा राम्रो नाफा हुनेछ। नयाँ लगानी लाभदायी बन्न सक्छ। जागिरेहरूले पदोन्नति वा प्रशंसा पाउने सम्भावना छ। खर्च सामान्य रहनेछ। (शुभ रङ: आकाशी, शुभ अंक: ८)
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर जातकका लागि आज प्रेम जीवन मध्यम रहनेछ। प्रेममा रहेका जातकले सानो विवाद वा गलतफहमी सामना गर्न सक्छन्। अविवाहितहरूले भने नयाँ परिचय पाउने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ। पेट वा पाचन प्रणालीसम्बन्धी समस्या आउन सक्छ। नियमित खानपान र पर्याप्त आरामले स्वास्थ्यमा सुधार ल्याउनेछ। मानसिक तनाव कम गर्न ध्यान वा योग लाभदायी हुनेछ। यात्राका दृष्टिले सामान्य नतिजा दिनेछ। काम वा व्यवसायसँग सम्बन्धित यात्रा लाभदायी बन्न सक्छ। लामो यात्रामा ढिलाइ वा खर्च बढ्ने सम्भावना छ। सावधानी अपनाउनु आवश्यक हुनेछ। पारिवारिक जीवनमा सामान्य तनााव आउन सक्छ। घरका सदस्यबीच विचार नमिल्न सक्छ। तर समझदारी र धैर्यले वातावरण सहज बनाउन सकिन्छ। दाजुभाइ वा साथीहरूको सहयोग प्राप्त हुने सम्भावना छ। आर्थिक दृष्टिले मिश्रित दिन रहनेछ। आम्दानी भए पनि खर्च बढ्ने संकेत छ। व्यापार गर्नेहरूले योजनाबद्ध ढंगले अघि बढेमा मात्र लाभ पाउनेछन्। जागिरेहरूले नयाँ जिम्मेवारी पाउने सम्भावना छ। (शुभ रङ: पहेंलो, शुभ अंक: ६)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ जातकका लागि प्रेम जीवन सकारात्मक रहनेछ। प्रेममा रहेका जातकले प्रियजनसँग रमाइलो समय बिताउने अवसर पाउनेछन्। अविवाहितहरूको लागि नयाँ प्रस्ताव आउने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। शरीरमा ऊर्जा बढ्नेछ। नियमित व्यायाम र स्वस्थ खानपानले अझ फाइदा दिनेछ। मानसिक रूपमा पनि शान्ति र आत्मविश्वास बढ्ने दिन छ। यात्राका दृष्टिले लाभदायी दिन छ। काम वा पढाइसँग सम्बन्धित यात्रा सफल हुनेछ। लामो दूरीको यात्रा पनि लाभदायी बन्नेछ। नयाँ ठाउँको अनुभव लिन पाउने सम्भावना छ। पारिवारिक जीवनमा खुशी र सहयोगको वातावरण रहनेछ। घरमा मिलाप र आपसी सहयोगले वातावरण रमाइलो बन्नेछ। परिवारका सदस्यसँग मिलेर कुनै नयाँ काम सुरु गर्न सकिनेछ। आर्थिक दृष्टिले सबल दिन छ। व्यापार वा व्यवसायमा नाफा हुनेछ। नयाँ लगानी लाभदायी बन्न सक्छ। जागिरेहरूले पदोन्नति वा प्रशंसा पाउने सम्भावना छ। खर्च सामान्य रहनेछ। (शुभ रङ: क्रीम, शुभ अंक: ५)
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन जातकका लागि प्रेम जीवन रमाइलो रहनेछ। प्रेममा रहेका जातकले प्रियजनसँग आत्मीय समय बिताउनेछन्। अविवाहितहरूले चाहेको व्यक्तिसँग आत्मीयता बढाउने मौका पाउनेछन्। स्वास्थ्य सामान्य रहनेछ। टाउको दुखाइ वा मानसिक तनाव सताउन सक्छ। खानपानमा सन्तुलन र पर्याप्त आरामले सुधार ल्याउनेछ। आज शारीरिक भन्दा मानसिक स्वास्थ्यमा बढी ध्यान दिनु आवश्यक छ। यात्राका दृष्टिले सामान्य नतिजा दिनेछ। छोटो दूरीको यात्रा लाभदायी बन्न सक्छ। लामो यात्रामा ढिलाइ वा समस्या आउन सक्ने भएकाले तयारीपूर्वक यात्रा गर्नु राम्रो हुनेछ। पारिवारिक जीवनमा रमाइलोपन रहनेछ। परिवारका सदस्यसँग मिलेर धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। सन्तान वा भाइबहिनीको प्रगतिले खुसी दिनेछ। आर्थिक दृष्टिले राम्रो दिन छ। व्यापार वा व्यवसायमा नाफा बढ्नेछ। नयाँ लगानी वा साझेदारी लाभदायी बन्न सक्छ। जागिरेहरूले नयाँ अवसर वा पदोन्नति पाउने सम्भावना छ। (शुभ रङ: सुन्तले, शुभ अंक: २)
तपाईंको दिन शुभ रहोस्!