News Portal

कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

२०६ पटक

कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।

दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको जिप सडकबाट दुर्घटनाग्रस्त हुँदा बेदकोट–४ निवासी युविका पालको मृत्यु भएको हो। घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी बालिकाको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता डिएसपी टेकबहादुर जोराले जानकारी दिए।

दुर्घटनामा मृतक युविकाकी आमा ३० वर्षीया तारा पाल, दाजु १० वर्षीय प्रिन्स पालसहित आठ जना घाइते भएका छन्। तीमध्ये डडेल्धुराको पर्शुराम–११ की २१ वर्षीया मनिषा कुँवर, कञ्चनपुरको कृष्णपुर–१ की ३३ वर्षीया धाना बोहरा र उनका ४ वर्षीय छोरा कमलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै, पर्शुरामका ३५ वर्षीय देवेन्द्र धामी, बेदकोटका २४ वर्षीय बिरेन्द्र कुँवर र बेलकोटका ४ का नरेश सार्की पनि घाइते भएका छन्। सबै घाइतेलाई महाकाली प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...