गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने २५ वर्षीय राजु सार्की भएको प्रहरीले जनाएको छ।
बालिकामाथि बलात्कार भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
















