आज : २०२६-०९-२०, आइतबार

आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको छ। मंगलबार शुभ साइतमा परम्परागत विधिअनुसार उनले औपचारिक रूपमा कुमारीको सिंहासन ग्रहण गरिन्।

अघिल्लो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको थियो। तृष्णा २०७४ सालमा कुमारीघर प्रवेश गरेकी थिइन् र १२ वर्ष पूरा भएपछि नयाँ कुमारी आर्यतारालाई कुमारीघरमा प्रवेश गराइएको हो।

शाक्य महाविहार संघले शहरका १५ बहालबाट सिफारिस प्राप्त गरी गुथि संस्थान, पञ्चाङ्ग समिति र चयन समितिको परामर्शमा आर्यतारालाई कुमारी चयन गरेको गुठी संस्थानले जनाएको छ। नेपालमा कुमारीलाई जीवित देवीको रूपमा ठूलो श्रद्धा र सम्मान दिइन्छ।