News Portal

कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

२१५ पटक

काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल निराश हुँदै फर्किएका छन्।

भुसालले लामिछानेलाई भेट्ने अनुमति नपाएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहमाथि आक्रोश पोख्दै अहिलेको सरकारले अघिल्लो भन्दा बढी दमन गरिरहेको दाबी गरे। उनका अनुसार, “भैरहवा र पोखरामा भेट्न पाएको थिएँ, तर यसपटक भेट्न दिएनन्। पार्टीका नेता र आफन्तले समेत भेट्न नपाएको रहेछ। दशैंमा पनि परिवारका एक जनालाई मात्र भेट्न दिने भनिएको छ।”

भुसालले मेयर साहलाई लक्षित गर्दै, रवि बाहिरिएपछि आफ्नो प्रभाव घट्ने डर बालनलाई रहेको आरोप लगाए। उनले बालनलाई ‘लुसिफर’ सम्बोधन गर्दै विदेशी शक्ति, विशेषगरी अमेरिकी र भारतीय दूतावासले प्रयोग गरिरहेको समेत दाबी गरे।

रविसँग आगामी योजनाबारे सल्लाह गर्न आएको तर भेट्न नपाएकोमा उनले गुनासो गर्दै सरकार नियोजित रुपमा भेटघाटमा अवरोध गरिरहेको टिप्पणी गरे।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...