News Portal

रास्वपा नेतृ तोसिमा कार्कीको संस्थापनलाई कडा चुनौती

२९६ पटक

काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा चुनौती दिएकी छन्। उनले आफूविरुद्ध साइबर बुलिङ र मिडिया ट्रायल भइरहेको दाबी गर्दै त्यसरी चरित्रहत्या गर्ने काम बन्द गर्न माग गरेकी छन्।

कार्कीले विज्ञप्ति जारी गर्दै पार्टीलाई सुदृढ बनाउन जिम्मेवारपूर्वक उठाएका मुद्दालाई अतिरञ्जित गरी प्रचार गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन्। उनका अनुसार कहिले राजीनामा दिन लागेको हल्ला फैलाउने, कहिले प्रस्तुत पत्रको बुँदालाई तोडमोड गरी सभापतिको विकल्प खोजेको भनेर आरोप लगाउनेजस्ता गतिविधि संस्थापन पक्षबाट भइरहेका छन्।

उनले भनेकी छन्, “साइबर बुलिङ गर्ने र मिडिया ट्रायलमा रमाउनेहरूले खुला विशेष महाधिवेशनको सामना गर्ने हिम्मत गर्नुपर्छ। लाखौं कार्यकर्ता र शुभेच्छुकको विश्वास लिएर आएको जिम्मेवारी म साहसपूर्वक सम्हाल्न सक्छु।”

कार्कीले आफूलाई डर देखाउने प्रोपागाण्डा र हेपाहा व्यवहारबाट कहिल्यै पछि नहट्ने स्पष्ट चेतावनी दिएकी छन्।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...