News Portal

दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

१७१ पटक

काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका छन्। विराटनगरमा स्वागत समारोहका क्रममा उनले प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न पहिलोपटक अफर गरेको बताए। तर उनले यो प्रस्ताव अस्वीकार गरेको पनि स्पष्ट पारे।

कार्यक्रममा प्रसाईँले भने, “सरकार असफल भएपछि को अघि बढ्छ भन्ने कुरा मलाई प्रधान सेनापतिले सोधे। राजनीतिक दलमा मिस्सी, बास्सा र एक्का जस्ता पात्रहरू छन्, तर म एक्का भएर अघि बढ्न सक्छु।” उनले आफूलाई अहिलेको राजनीतिको अन्तिम विकल्प पनि भने।

प्रसाईँले आफ्ना एजेन्डा अनुसार देशमा ऋण माफी र गरीबले बडीगार्डबिना सरल जीवन जिउन सक्ने प्रधानमन्त्री आवश्यक रहेको बताए। उनले शीर्ष तीन दलका नेताहरू राजनीतिक रूपमा सुकुमबासी भएको आरोप समेत लगाए।

चन्द्रगढी विमानस्थलमा समर्थकहरूले बाजागाजा र फूलमालासहित उनको स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...