
काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे पासपोर्ट रोक्का मात्र नभई पक्राउसमेत गर्न सकिने चेतावनी दिएका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबार बाहिर पत्रकारहरूको प्रश्नको जवाफ दिंदै उनले भने, “कानुनमा सबै कुरा स्पष्ट छ। अनुसन्धान आवश्यक ठानेको खण्डमा पासपोर्ट रोक्का मात्र नभई बयानका लागि पक्राउसमेत गर्न सकिन्छ।”
मन्त्री अर्यालले भ्रष्टाचारको छानबिनका लागि राज्यका सम्बन्धित निकायहरू सक्रिय भइसकेको जानकारी पनि दिए। उनले भने, “राज्यका निकायहरूले कानुनअनुसार अनुसन्धान अघि बढाइरहेका छन्। सरकार भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा दृढ छ।”
यसअघि, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि नेताहरूको पासपोर्ट रोक्का र भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढिरहेको जानकारी दिएका थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
