News Portal

रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

२३४ पटक

काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय खाली गर्न घरधनीले सूचना दिएका छन्।

घरधनी भरतमणि देवकोटाले लामो समयसम्म भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै तीन महिनाभित्र भवन खाली गर्न अनुरोध गरेका हुन्। उनका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा भएको सम्झौताअनुसार १० महिनादेखि भाडा बुझाइएको छैन। साथै, पार्टीलाई दिएको ठूलो सापट रकम पनि अझै नपाएको उनले बताएका छन्।

अमेरिकामा रहेका देवकोटाले भाडा र आफ्नो पार्टी संलग्नता फरक विषय भएको स्पष्ट पार्दै रास्वपाले त्यसलाई आवश्यक गम्भीरताका साथ नबुझेको भन्दै असन्तोष प्रकट गरेका छन्।

स्थापना समयमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय सानो ठहरिएपछि बनस्थलीस्थित देवकोटाको घरमा सारिएको हो। पार्टी सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकारसमेत नियुक्त भएका थिए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...