News Portal

नक्खु जेल प्रकरण : जेनजी आन्दोलनमा सदस्य संलग्नता छानबिन गर्ने रास्वपाको निर्णय

३५५ पटक

काठमाडौं, असोज ९ – जेनजी आन्दोलनका क्रममा उठेका विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छानबिनमा जाने भएको छ। नक्खु कारागारबाट सभापति रवि लामिछानेलाई फर्जी कागजातमार्फत छुटाइएको आरोप सार्वजनिक भएपछि पार्टीभित्रै यसबारे प्रश्न उठेका थिए।

मंगलबार र बुधबार बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार पार्टीले घटनाबारे सत्यतथ्य उजागर गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनमा रास्वपाका सांसद तथा नेताहरु संलग्न भएको तस्बिर र भिडियो सार्वजनिक भइसकेका छन्। यही कारण घटनाको वास्तविकता पत्ता लगाउन समिति बनाउने निर्णय गरिएको हो।

रास्वपाले जारी गरेको निर्णयमा भनिएको छ, “नक्खु जेलसहित अन्य स्थानमा भएका घटनामा सदस्यहरु संलग्न छन् वा छैनन् भन्नेबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिनेछ।”

यसैबीच, पार्टीले कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने र उक्त बैठकमा पहिलो राष्ट्रिय महाधिवेशनबारे छलफल गर्ने पनि जनाएको छ।

युवापुस्ता र नयाँ शक्ति समूहसँग सहकार्य गर्ने उद्देश्यले पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ भने आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति गठन गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...