News Portal

जेन-जी आन्दोलनपछि लिङदेनको टिप्पणी : ‘युवाहरु हाम्रो पार्टीप्रति सकारात्मक छन्’

१२३ पटक

काठमाडौं, असोज  ८ – हालैको जेनजेड आन्दोलनले मुख्य दलका नेताहरुको घर–घरमा तोडफोड र आगजनी भयो। तर, राजदरबार, पूर्वराजा ज्ञानेन्द्रको निवास र राजावादी नेताहरु भने सुरक्षित रहे।

काठमाडौंमा राप्रपाका नेताहरुको घरमा कुनै आक्रमण भएन। राजधानी बाहिर पनि अधिकांश नेताहरु सुरक्षित रहँदा, दमकका मेयर राम थापा र कोशी प्रदेशकी उपसभामुख मेनुका खाँडको निवासमा भने केही क्षति पुगेको थियो।

राप्रपाले आगजनी र तोडफोडप्रति दुःख व्यक्त गर्दै पनि आन्दोलनमा संलग्न नयाँ पुस्ता आफ्नो पार्टीप्रति सकारात्मक देखिएको निष्कर्ष निकालेको छ। यही विषयमा अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरुसँग छलफल गरे।

छलफलमा उनले अघिल्ला चेतावनी सम्झिँदै भने, “नेताहरुले घरमा पैसा थुपारिरहेका छन् भनेर मैले तीन वर्ष अघि नै भनेको थिएँ, अहिले त्यो सत्य सावित भयो। समयमै नयाँ सम्झौता नगर्ने हो भने देश ठूलो दुर्घटनामा पर्छ भन्ने मेरो चेतावनीलाई कसैले गम्भीरतापूर्वक लिएनन्।”

लिङदेनको भनाइअनुसार, आन्दोलनले नेतृत्व पुस्तान्तरणको बहसलाई अझ बलियो बनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...