News Portal

बत्ती झ्यापझ्याप जाने समस्या– नयाँ एमडीले भने, प्रणाली नै कमजोर छ

२४१ पटक

काठमाडौं, असोज ८ – नेपालमा लोडसेडिङ हटाउन ठूलो भूमिका खेलेका कुलमान घिसिङ अहिले ऊर्जामन्त्री बनेका छन्। उनी मन्त्री भएपछि जनता ढुक्क थिए कि अब बत्ती जाने समस्या फर्किने छैन। तर पछिल्ला केही दिनमा काठमाडौं र तराईमा कहिलेकाहीँ बत्ती झ्यापझ्याप गइरहेको छ।

कुलमानले मन्त्री बनेपछि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र शाक्य हटाएर मनोज सिलवाललाई नियुक्त गरेका छन्। पदभार ग्रहण गरेसँगै सिलवालले केही समयअघि काठमाडौं र तराईमा बत्ती गएको घटनाबारे बताएका छन्। उनका अनुसार प्रणाली कमजोर भएको कारण झ्यापझ्याप बत्ती जाने समस्या भइरहेको हो।

सिलवालले भने, “हिजो राति मोतीपुरबाट आउने लाइनमा समस्या आएर काठमाडौंमा करिब १० मिनेट बत्ती गएको हो। तराईको प्रसारण लाइनमा पनि समस्या देखिएपछि करिब २० मिनेट बत्ती निभ्यो। हाम्रो प्रणाली कमजोर भएकाले कुनै एक ठाउँमा समस्या आएपछि धेरै ठाउँ प्रभावित हुन्छ।”

नयाँ कार्यकारी निर्देशक सिलवालले कर्मचारीसँग मिटिङ गरी झ्यापझ्याप बत्ती जाने समस्या कम गर्न निर्देशन दिएका छन्। उनी प्राधिकरणमा ०५१ सालदेखि सेवा गर्दै आए र १२औँ तहबाट २०८१ माघमा अवकाश लिएका हुन्।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...