News Portal

बत्ती झ्यापझ्याप जाने समस्या– नयाँ एमडीले भने, प्रणाली नै कमजोर छ

३५० पटक

काठमाडौं, असोज ८ – नेपालमा लोडसेडिङ हटाउन ठूलो भूमिका खेलेका कुलमान घिसिङ अहिले ऊर्जामन्त्री बनेका छन्। उनी मन्त्री भएपछि जनता ढुक्क थिए कि अब बत्ती जाने समस्या फर्किने छैन। तर पछिल्ला केही दिनमा काठमाडौं र तराईमा कहिलेकाहीँ बत्ती झ्यापझ्याप गइरहेको छ।

कुलमानले मन्त्री बनेपछि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र शाक्य हटाएर मनोज सिलवाललाई नियुक्त गरेका छन्। पदभार ग्रहण गरेसँगै सिलवालले केही समयअघि काठमाडौं र तराईमा बत्ती गएको घटनाबारे बताएका छन्। उनका अनुसार प्रणाली कमजोर भएको कारण झ्यापझ्याप बत्ती जाने समस्या भइरहेको हो।

सिलवालले भने, “हिजो राति मोतीपुरबाट आउने लाइनमा समस्या आएर काठमाडौंमा करिब १० मिनेट बत्ती गएको हो। तराईको प्रसारण लाइनमा पनि समस्या देखिएपछि करिब २० मिनेट बत्ती निभ्यो। हाम्रो प्रणाली कमजोर भएकाले कुनै एक ठाउँमा समस्या आएपछि धेरै ठाउँ प्रभावित हुन्छ।”

नयाँ कार्यकारी निर्देशक सिलवालले कर्मचारीसँग मिटिङ गरी झ्यापझ्याप बत्ती जाने समस्या कम गर्न निर्देशन दिएका छन्। उनी प्राधिकरणमा ०५१ सालदेखि सेवा गर्दै आए र १२औँ तहबाट २०८१ माघमा अवकाश लिएका हुन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...