News Portal

सिंहदरबार जलाउने धम्की पहिले नै दिइएको थियोः केपी शर्मा ओली

३६० पटक

काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवा पुस्ताकै काँधमा रहेको बताएका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा पुगेका युवा र विद्यार्थीहरूसँग कुरा गर्दै उनले नेपाल अहिले अन्तर्राष्ट्रिय स्तरमा बदनाम भइरहेको टिप्पणी गरे। ओलीले भने, “नेपालीलाई भिसा नदिने, काम नदिने अवस्था भइसकेको छ। यसबाट बाहिर निस्कन युवाले सक्रिय भूमिका लिनुपर्छ।”

उनका अनुसार, नेपाल इमानदार र मेहनती मानिसहरूको देश हो भन्ने छवि बनाउनैपर्छ। त्यसका लागि युवाले निराश नहुनु र सकारात्मक सोचसहित अघि बढ्नु आवश्यक छ।

हालै सिंहदरबारमा भएको आगजनीबारे उनले देशप्रेमीले यस्तो काम नगर्ने भन्दै, पहिले नै ‘सिंहदरबार जलाउँछु’ भनेर घोषणा गर्नेहरूकै योजनाबद्ध गतिविधि भएको बताए। यस क्रममा उनले अप्रत्यक्ष रूपमा काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै टिप्पणी गरे।

ओलीले चुनौतीपूर्ण परिस्थिति र बाह्य हस्तक्षेपलाई बुझेर राष्ट्रिय हितमा दृढतापूर्वक अडिन युवालाई आग्रह गरे।

 

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...