News Portal

तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

२६३ पटक

काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात अवरुद्ध भएको छ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार दिउँसो करिब ३:२० बजे खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको हो। इच्छाकामना गाउँपालिका–५ अन्तर्गतको सो स्थानमा माथिबाट निरन्तर पहिरो खसिरहेकाले यात्रु र सवारीलाई फर्काएर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए।

उनले निरन्तर पहिरो खसिरहेकोले सडक भासिने खतरा समेत रहेको उल्लेख गरे। ठूलो मात्रामा सुख्खा पहिरो खसेकाले पन्छाउन कठिनाइ भएको पनि जनाइएको छ।

यसअघि शुक्रबार साँझदेखि नै सो क्षेत्रमा लगातार पहिरो खसिरहेको थियो। बीचमा पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि मंगलबार फेरि ठूला ढिस्को खसेपछि राजमार्ग पुनः बन्द हुन पुगेको हो।

यस्तै मंगलबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो झन्डै १० घण्टापछि मात्रै पन्छाएर बाटो खुलाइएको थियो।

ठूलो पहिरो हटाउन धेरै समय लाग्ने भएकाले सडक विभागले काठमाडौं आउजाउ गर्ने सवारी साधनलाई वैकल्पिक तीन मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...