News Portal

काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

३२४ पटक

रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १ कठ्ठा जग्गामा बसोबास गर्दै आएका भविचन्द्र साहको मृत्यु भए पछि उनको घर अहिले शोकाकुल अवस्थामा रहेको छ। करेन्ट लागेर मृत्यु भएपछि, श्रीमानको काजकिरिया गर्न पनि आर्थिक अवस्था नहुँदा ठूलो समस्या परेको छ, भनी उनकी श्रीमती अमृता साहले बताएकी छन्।

उनीहरूको घरमा उनका साना तीन छोरा—खेमराज, महेश र गोपाल—समेत रहेका छन्। अमृता साह अबका दिनमा छोराहरूलाई कसरी हुर्काउने भनेर चिन्तित भएकी छिन्। भविचन्द्रका बाबु बच्चो साह र आमा घुर्ने देवी साह विगत १५ वर्षदेखि शारीरिक रूपमा अशक्त रहेका छन्। उनका कान्छा छोरा प्रल्हाद साहले दैनिकी मजदूरी गरेर सात सदस्यीय परिवार पाल्न बाध्य छन्।

असोज १ गते घरमा काम गर्दै गर्दा टिनको छानामा हात लाग्दा भविचन्द्र साहलाई करेन्ट लागेर मृत्यु भएको अमृता साहले बताएकी छिन्। श्रीमानको काजकिरिया गर्न आर्थिक अभाव भएको कारण, हिन्दू परम्परा अनुसार पनि काजकिरिया गर्न नसक्दा उनलाई ठूलो दुःख परेको छ।

अहिले घरमा दुई छाकको खाना जुटाउन समेत कठिन भइरहेको अवस्थामा, आर्थिक सहयोगको लागि अमृता साहले सबै मनकारीहरूलाई सहयोगको अपिल गरेकी छिन्। हामी पनि अनुरोध गर्दछौं कि सहयोगी मनकारीहरूले उक्त परिवारलाई सकेसम्म सहयोग पुर्‍याउन।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...