News Portal

कांग्रेसमा विशेष महाधिवेशनको माग, हस्ताक्षर अभियान सुरु

१९६ पटक

काठमाडौं, असोज ७ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै पार्टीको नेतृत्व र नीति सम्हाल्न विशेष महाधिवेशनको माग अघि सारेका छन्। हाल पदाधिकारी र केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छैनन्।

हस्ताक्षर अभियान अगाडि बढाउने पक्षमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाको समूह सक्रिय रहेको छ। केन्द्रीय कार्यसम्पादन समितिको अघिल्लो बैठकमा विशेष वा नियमित महाधिवेशन प्रस्ताव गर्दा सभापति देउवा पक्षका अधिकांश नेताले विरोध गरेका थिए।

कांग्रेसको विधान अनुसार महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले हस्ताक्षर गरेमा सभापतिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। हाल केन्द्रीय समितिमा देउवा पक्ष बहुमतमा छ।

प्यूठानकी सांसद निमा गिरीले हस्ताक्षर अभियानलाई सभापतिलाई “ग्रेसफुल एक्जिट” दिने अवसरको रूपमा व्याख्या गर्दै भनिन्, “जेनजी पुस्ताको माग पार्टीले सम्बोधन गर्न सकेको छैन। ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेपछि विशेष महाधिवेशन बोलाउनुपर्नेछ। यसले पार्टीको नीति र नेतृत्व चयन गर्नेछ।”

महाधिवेशन प्रतिनिधि भूपेन्द्रजंग शाहीका अनुसार मंसिरमा वर्तमान कार्यसमितिको कार्यकाल सकिने भएकाले नियमित महाधिवेशन पनि पर्याप्त हुने देखिन्छ। तर शेखर-गगन पक्ष पार्टी रूपान्तरण र नेतृत्व सशक्तिकरणको एजेन्डा अघि बढाउन विशेष महाधिवेशनमा जोड दिइरहेका छन्।

सभापति देउवा हालै घरमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए र अहिले उपचाररत छन्। देउवा पक्षका नेताहरू भने केन्द्रीय समिति बैठकमा बहुमतको आधारमा विशेष परिस्थिति देखाएर देउवाको कार्यकाल बढाउने योजना बनाइरहेका छन्।

शेखर-गगन पक्ष विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन माग गरेका हुन्। कांग्रेसमा पहिले पनि २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भएको थियो, जसले सुवर्ण शमशेर हटाएर बिपी कोइरालालाई सभापति बनाएको थियो।

१४ औं महाधिवेशनमा ४७४३ प्रतिनिधि थिए, जसको ४० प्रतिशत अर्थात १८९७ प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशन बोलाउन सकिन्छ। हस्ताक्षर अभियान अहिले पनि जारी छ र पार्टीभित्र विशेष महाधिवेशनको माग बढ्दै गएको छ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...