News Portal

सभापतिले मार्गप्रशस्त गर्नुपर्ने माग, नख्खु प्रकरण छानबिनमा चासो

२५८ पटक

काठमाडौं, असोज ७ – जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बसेको छ। बैठक मौनधारणबाट सुरु भई समसामयिक राजनीति र पार्टीभित्रका प्रश्नहरूमा छलफल जारी छ।

बैठकमा सभापति रवि लामिछानेको नेतृत्वबारे चर्को बहस भएको छ। स्रोतका अनुसार कम्तीमा चार प्रदेश सभापतिहरू—कोशीका सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्ट—ले सभापतिले कानुनी प्रक्रिया टुंगो नलागेसम्म पद छाड्न वा संरक्षणात्मक भूमिकामा बस्नुपर्ने प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। अन्य प्रदेश सभापतिहरूको धारणा अझै खुलेको छैन।

यसैबीच, नख्खु कारागारमा भएको आगजनी प्रकरण पनि बैठकको मुख्य एजेन्डा बनेको छ। पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमै छानबिनको माग गरेका थिए। घटनाको भिडियोमा उनको उपस्थिति देखिएपछि आन्तरिक रूपमा प्रश्न उठेको हो। सभापति लामिछाने स्वयं छानबिनप्रति सकारात्मक देखिएका छन्, यद्यपि भदौ २४ मा नख्खु पुगेका केही नेताहरू छानबिनको विपक्षमा रहेको बताइन्छ।

बैठकले पार्टी पुनर्गठनसम्बन्धी विषयमा पनि छलफल अघि बढाएको छ। आगामी फागुनमा तोकिएको महाधिवेशन आम निर्वाचनसँग ठोक्किने भएकाले त्यसलाई मंसिरमा सार्ने वा तिहारपछि विस्तारित बैठक आह्वान गर्ने प्रस्तावसमेत आएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...