News Portal

सभापतिले मार्गप्रशस्त गर्नुपर्ने माग, नख्खु प्रकरण छानबिनमा चासो

१७३ पटक

काठमाडौं, असोज ७ – जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बसेको छ। बैठक मौनधारणबाट सुरु भई समसामयिक राजनीति र पार्टीभित्रका प्रश्नहरूमा छलफल जारी छ।

बैठकमा सभापति रवि लामिछानेको नेतृत्वबारे चर्को बहस भएको छ। स्रोतका अनुसार कम्तीमा चार प्रदेश सभापतिहरू—कोशीका सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्ट—ले सभापतिले कानुनी प्रक्रिया टुंगो नलागेसम्म पद छाड्न वा संरक्षणात्मक भूमिकामा बस्नुपर्ने प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। अन्य प्रदेश सभापतिहरूको धारणा अझै खुलेको छैन।

यसैबीच, नख्खु कारागारमा भएको आगजनी प्रकरण पनि बैठकको मुख्य एजेन्डा बनेको छ। पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमै छानबिनको माग गरेका थिए। घटनाको भिडियोमा उनको उपस्थिति देखिएपछि आन्तरिक रूपमा प्रश्न उठेको हो। सभापति लामिछाने स्वयं छानबिनप्रति सकारात्मक देखिएका छन्, यद्यपि भदौ २४ मा नख्खु पुगेका केही नेताहरू छानबिनको विपक्षमा रहेको बताइन्छ।

बैठकले पार्टी पुनर्गठनसम्बन्धी विषयमा पनि छलफल अघि बढाएको छ। आगामी फागुनमा तोकिएको महाधिवेशन आम निर्वाचनसँग ठोक्किने भएकाले त्यसलाई मंसिरमा सार्ने वा तिहारपछि विस्तारित बैठक आह्वान गर्ने प्रस्तावसमेत आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...