News Portal

देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

२७६ पटक

विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोट प्रकरणबारे हल्ला र अनुमानमा भर नपरी निष्पक्ष छानबिनमार्फत सत्य बाहिर ल्याउनुपर्ने बताएका छन्।

सोमबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले सम्पत्ति शुद्धीकरण विभागसहित राज्यका सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताउँदै त्यसकै निष्कर्षलाई स्वीकार गर्नुपर्ने स्पष्ट पारे। शर्मा भन्छन्, “अनुमानले होइन, अनुसन्धानले मात्र वास्तविकता देखाउँछ।”

उनले कांग्रेसका जिल्ला सभापतिहरूले उठाएका प्रश्न सभापति निवास पक्षकै जिम्मेवारीमा प्रष्ट पारिनुपर्ने उल्लेख गरे। देउवा निवासमा भेटिएको भनिएको जलेको नोटसम्बन्धी तस्बिर र भिडियोबारे पनि विभिन्न चर्चा भएपनि छानबिन नै सत्य बाहिर ल्याउने उपाय भएको उनको भनाइ छ।

सभापति देउवाको स्वास्थ्य लाभसँगै पार्टीलाई पनि स्वस्थ बनाउनुपर्नेमा जोड दिँदै उनले अहिलेको संकटलाई अवसरमा बदल्दै कांग्रेसलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। जेनजी आन्दोलनपछि उठेको नेतृत्व परिवर्तनको बहसबारे उनले मंसिरभित्र महाधिवेशन गर्ने तयारी आवश्यक रहेको बताए। तर, पार्टीभित्र तत्काल महाधिवेशनमा नजानुपर्ने धारणा पनि रहेको र साझा निष्कर्ष केन्द्रीय समितिबाटै बन्ने उनको भनाइ छ।

कोइराला निवासको प्रांगणमै उभिएर शर्माले कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार अराजक समूहले गरेको आगजनीले पार्टी र देश दुवैलाई ठूलो क्षति पुर्‍याएको छ, त्यसैले अब जिम्मेवार ढंगले अघि बढ्दै मुलुकलाई नयाँ दिशातर्फ डोहोर्‍याउनुपर्ने समय आएको छ।

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...