News Portal

असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

२३३ पटक

काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले लगातारको वर्षाका कारण मेलम्ची खोलामा बहाव बढेकाले दसैँअघि पानी ल्याउन नसकिने जानकारी दिएका छन्। उनका अनुसार बहाव कम भएपछि मात्रै पानी पठाउने तयारी छ।

२०७८ असारमा आएको बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवर्क्स पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी ल्याउने प्रचलन बनेको हो। पछिल्ला दिनमा निरन्तर पानी परेकाले पुनः आपूर्तिमा अवरोध भएको दासले बताए।

हाल मेलम्ची बन्द हुँदा रिबर्मा खोलाबाट दैनिक ६–७ करोड लिटर पानी मात्र उपत्यकामा आपूर्ति भइरहेको छ। सामान्यतया मेलम्चीमार्फत दैनिक १७–१८ करोड लिटर पानी आउने गरेको समितिको तथ्यांक छ।

२०७८ चैत १५ गतेदेखि मेलम्चीले पूर्ण क्षमतामा दैनिक १७ करोड लिटर आपूर्ति सुरु गरे पनि असार र साउनमा आएको बाढीले आयोजनामा ठूलो क्षति पु¥याएपछि निरन्तर आपूर्ति सम्भव भएको छैन।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भए पनि अहिले विभिन्न स्रोतमार्फत जम्मा १३–१४ करोड लिटर मात्र वितरण भइरहेको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...