News Portal

असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

१६९ पटक

काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले लगातारको वर्षाका कारण मेलम्ची खोलामा बहाव बढेकाले दसैँअघि पानी ल्याउन नसकिने जानकारी दिएका छन्। उनका अनुसार बहाव कम भएपछि मात्रै पानी पठाउने तयारी छ।

२०७८ असारमा आएको बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवर्क्स पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी ल्याउने प्रचलन बनेको हो। पछिल्ला दिनमा निरन्तर पानी परेकाले पुनः आपूर्तिमा अवरोध भएको दासले बताए।

हाल मेलम्ची बन्द हुँदा रिबर्मा खोलाबाट दैनिक ६–७ करोड लिटर पानी मात्र उपत्यकामा आपूर्ति भइरहेको छ। सामान्यतया मेलम्चीमार्फत दैनिक १७–१८ करोड लिटर पानी आउने गरेको समितिको तथ्यांक छ।

२०७८ चैत १५ गतेदेखि मेलम्चीले पूर्ण क्षमतामा दैनिक १७ करोड लिटर आपूर्ति सुरु गरे पनि असार र साउनमा आएको बाढीले आयोजनामा ठूलो क्षति पु¥याएपछि निरन्तर आपूर्ति सम्भव भएको छैन।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भए पनि अहिले विभिन्न स्रोतमार्फत जम्मा १३–१४ करोड लिटर मात्र वितरण भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...