News Portal

नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

२२८ पटक

काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न असमर्थ भएकाले नयाँ भवनको आवश्यकता देखिएको सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।

एमालेले आन्दोलनका क्रममा प्रदेश र जिल्ला पार्टी कार्यालयमा समेत क्षति पुगेको जनाएको छ। केही नेताहरूले काठमाडौँ र ललितपुरमा सम्भावित भवन हेरेका छन् तर अहिलेसम्म निर्णय भएको छैन।

पार्टीले केही दिनमै महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक राखेर नयाँ भवन टुङ्गो गर्ने तयारी गरेको छ। सचिव अधिकारीका अनुसार आन्दोलनका क्रममा नेताहरूको घर र अन्य क्षतिको विवरण संकलन भईरहेको छ र सार्वजनिक गरिनेछ। उनले भने, “प्रदेश–प्रदेशमा क्षतिको विवरण संकलन गरी पठाउन भनिएको छ। केन्द्रको हकमा पनि विवरण संकलन भइरहेको छ।”

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...