News Portal

बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

२४५ पटक

धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण गरेका छन् ।

बुढाथुमको लिखुरे चौतारोमा निर्माण गरिएको प्रतीक्षालयमा हाल स्वर्गीय पिता दाताराम रेग्मी र माता पार्वती रेग्मीको तस्वीर समेत राखिएको छ । प्रतीक्षालय निर्माणका लागि करिब रु. १ लाख खर्च भएको पण्डित रेग्मीले बताएका छन् ।

उक्त प्रतीक्षालयमा लेखिएको शिलालेख अनुसार, स्व. दाताराम रेग्मी तथा पार्वती रेग्मीका छोरा रुद्रलाल रेग्मी–हिमकुमारी रेग्मी र काका यदुला रेग्मीको सम्झनामा छोरा–बुहारी दयाराम रेग्मी तथा सिता रेग्मीले २०८२ वैशाख २२ गते प्रतीक्षाल निर्माण गरेका हुन्।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...