News Portal

  • भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    १६८ पटक

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु हुने यो मेला नौ दिनसम्म विभिन्न शक्तिपीठमा दिनमा दुई पटक आयोजना गरिन्छ।

    मेलालाई यहाँका स्थानीयले “नौ राते” भनेर पनि चिन्छन्, किनकि विशेषगरी बेलुकी टोलटोलबाट बाजागाजासहित हजारौं भक्तजन सहभागी हुन्छन्। बिहान पनि मेला लागे तापनि साँझको चहलपहल निकै ठूलो हुने गर्दछ।

    परम्परा अनुसार पहिलो दिन ब्रम्हायणीमा सुरु हुने मेला दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्राणी, सातौं दिन महाकाली, आठौं दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी हुँदै अन्तिम दिन फेरि ब्रम्हायणीमै सम्पन्न हुन्छ। विशेष गरी विजयादशमीको दिन ब्रम्हायणीमा सबैभन्दा ठूलो मेला लाग्छ, जहाँ भक्तपुर मात्र नभई काठमाडौं, ललितपुर, काभ्रे लगायत नजिकका जिल्लाबाट समेत जात्रालु पुग्ने गर्छन्।

    दशैंका दिनमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरमा पनि बिहान–साँझ विशेष मेला लाग्ने परम्परा छ। यी मेलामा बालबालिकादेखि वृद्धसम्म सहभागी भए पनि युवा पुस्ता बढी रमाउने देखिन्छ।

    भक्तपुरको दशैंका थप आकर्षणमा खम्ये जात्रा (राँगो दौड), कुछी भ्वय (चिउरा नापेर खाने भोज), र पायोन्हायाकेगू (भागी विवाह) उल्लेखनीय छन्। विजयादशमीको दिन तलेजुमा खड्गपूजा हुने र भागी विवाहलाई कानुनी मान्यता दिने चलन अझै कायम छ। यसै दिन विवाह, व्रतबन्ध लगायतका शुभ कार्यलाई शुभ साइत मानिन्छ।

    इतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थका अनुसार, दशैं देशभर मनाइए पनि भक्तपुरको दशैं विशेष परम्परा र रौनकले अन्यत्रभन्दा भिन्न देखिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...