News Portal

यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

४५१ पटक

काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट कैदी भागेको घटनापछि नेपाली श्रमिक गन्तव्य मुलुकहरूले भिसा प्रक्रियामा कडाइ गर्न थालेका छन्। यद्यपि औपचारिक सूचना नआए पनि अघोषित रूपमा भिसा रोकिएको जानकारी आएको छ।

नेपालका लागि प्रमुख श्रम गन्तव्य यूएईले भिजिट र कामदार भिसा दिन पूर्ण रूपमा रोक्दा धेरै नेपाली प्रभावित भएका छन्। यसले नेपाली क्रिकेट टोलीको भ्रमणमा समेत असर पारेको थियो। धेरै प्रयासपछि बल्ल खेलाडीलाई भिसा दिइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। तर, सामान्य यात्रु वा रोजगारीमा जान चाहनेलाई हाल भिसा पाउन सम्भव देखिएको छैन।

एनआरएनएका कोषाध्यक्ष ठाकुर ढुङ्गानाले दुबईमा पर्यटन र रोजगारीका लागि जाने नेपालीलाई भिसा रोकिएको पुष्टि गरेका छन्। उनका अनुसार यसअघि बङ्गलादेश, पाकिस्तान र श्रीलंका जस्ता मुलुकमा आन्दोलनपछिका अवस्थाले भिसा रोकिएको थियो। अहिले पनि बङ्गलादेश र पाकिस्तानमा भिसा खुलेको छैन भने श्रीलंका बिस्तारै सामान्य हुँदै गएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार केवल यूएई मात्र नभई साउदी अरब, कतार र मलेसियाले पनि नेपाली कामदार भर्नामा कडाइ गरेका छन्। यद्यपि ती मुलुकहरूले औपचारिक घोषणा भने गरेका छैनन्। वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले समेत कतार र साउदीले कडाइ बढाएको बताएका छन्।

हाल करिब ४–४ लाख नेपाली कामदार कतार र साउदीमा कार्यरत छन्। यी मुलुकसँगै दुबई नेपाली श्रमिकको प्रमुख रोजगारी स्थल मानिन्छ। तर भिसा रोकिएपछि हजारौँ नेपालीको रोजगारी प्रभावित हुने चिन्ता बढेको छ।

यूएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भने दुबईले भिसा रोकिएको विषयमा कुनै औपचारिक जानकारी नदिएको स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...