News Portal

यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

३१६ पटक

काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट कैदी भागेको घटनापछि नेपाली श्रमिक गन्तव्य मुलुकहरूले भिसा प्रक्रियामा कडाइ गर्न थालेका छन्। यद्यपि औपचारिक सूचना नआए पनि अघोषित रूपमा भिसा रोकिएको जानकारी आएको छ।

नेपालका लागि प्रमुख श्रम गन्तव्य यूएईले भिजिट र कामदार भिसा दिन पूर्ण रूपमा रोक्दा धेरै नेपाली प्रभावित भएका छन्। यसले नेपाली क्रिकेट टोलीको भ्रमणमा समेत असर पारेको थियो। धेरै प्रयासपछि बल्ल खेलाडीलाई भिसा दिइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। तर, सामान्य यात्रु वा रोजगारीमा जान चाहनेलाई हाल भिसा पाउन सम्भव देखिएको छैन।

एनआरएनएका कोषाध्यक्ष ठाकुर ढुङ्गानाले दुबईमा पर्यटन र रोजगारीका लागि जाने नेपालीलाई भिसा रोकिएको पुष्टि गरेका छन्। उनका अनुसार यसअघि बङ्गलादेश, पाकिस्तान र श्रीलंका जस्ता मुलुकमा आन्दोलनपछिका अवस्थाले भिसा रोकिएको थियो। अहिले पनि बङ्गलादेश र पाकिस्तानमा भिसा खुलेको छैन भने श्रीलंका बिस्तारै सामान्य हुँदै गएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार केवल यूएई मात्र नभई साउदी अरब, कतार र मलेसियाले पनि नेपाली कामदार भर्नामा कडाइ गरेका छन्। यद्यपि ती मुलुकहरूले औपचारिक घोषणा भने गरेका छैनन्। वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले समेत कतार र साउदीले कडाइ बढाएको बताएका छन्।

हाल करिब ४–४ लाख नेपाली कामदार कतार र साउदीमा कार्यरत छन्। यी मुलुकसँगै दुबई नेपाली श्रमिकको प्रमुख रोजगारी स्थल मानिन्छ। तर भिसा रोकिएपछि हजारौँ नेपालीको रोजगारी प्रभावित हुने चिन्ता बढेको छ।

यूएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भने दुबईले भिसा रोकिएको विषयमा कुनै औपचारिक जानकारी नदिएको स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...