News Portal

ऊर्जा मन्त्री घिसिङको रोजाइमा मनोज सिलवाल, शाक्यमाथि बढ्यो दबाब

२४२ पटक

काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब बढ्दै गएको छ। ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले प्राधिकरणको नेतृत्व फेरबदल गर्ने तयारीसँगै पूर्वअधिकारी मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउने गृहकार्य थालेको बुझिएको छ।

घिसिङले बद्लिएको परिस्थितिअनुसार शाक्यले आफैं बाटो खुलाउने अपेक्षा गरेका छन्। तर, शाक्यले प्रत्यक्ष रूपमा राजीनामा दिने कि नदिने भन्ने विषय खुल्न बाँकी छ। राजीनामा नदिएमा मन्त्रालयमार्फत हटाउने तयारी गरिएको स्रोतको दाबी छ।

विदेशबाट स्वदेश फर्केका शाक्य आज मात्रै कार्यालय प्रवेश गर्न लागेका छन्। यसअघि घिसिङले अप्रत्यक्ष रूपमा ‘बाटो खुला गर्न’ सुझाएका थिए भने शाक्यले मिलेर काम गर्न सकिने प्रतिक्रिया दिएका थिए।

यसबीच, घिसिङले प्राधिकरणकै पूर्ववरिष्ठ अधिकारी मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक बनाउने सम्भावना बढेको छ। वितरण तथा ग्राहक सेवा निर्देशनालयमा लामो अनुभव बोकेका इन्जिनियर सिलवाल १२ औं तहसम्म उक्लिएर २०८१ माघमा अवकाश भएका थिए। उनी सिन्धुपाल्चोक जुगल–२ का स्थायी बासिन्दा हुन्।

स्रोतका अनुसार दशैंअघि नै सिलवाललाई नियुक्त गर्ने तयारी भइरहेको छ। प्राधिकरणभित्र पनि यही चर्चा चलिरहेको र ऊर्जा मन्त्री घिसिङ र शाक्यबीचको तिक्तताले नयाँ नेतृत्व ल्याउने सम्भावना थपिएको अधिकारीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...