News Portal

  • हमासले ४८ बन्दीको तस्बिर सार्वजनिक, नेपाली विपिन पनि समेटिए

    ६१ पटक

    काठमाडौं, असोज ४ – गाजामा जारी भीषण युद्धबीच हमासले ४८ जना इजरायली बन्दीको तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि समावेश छन्।

    इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाहीलाई तीव्रता दिएको बेलामा हमासको लडाकु निकाय कस्साम ब्रिगेडले अनलाइनमार्फत ‘बिदाइ तस्बिर’ प्रकाशित गरेको हो। अल जजिराका अनुसार उक्त तस्बिरमा जीवित र मृत दुवै किसिमका बन्दी देखिएका छन्।

    सबै तस्बिरमा ‘रोन अरद’ नाम उल्लेख गरिएको छ। सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान अरदको स्मरण गर्न यो नाम प्रयोग गरिएको बताइन्छ।

    विपिनबारे परिवारले अहिलेसम्म आधिकारिक जानकारी पाएको छैन। “हामी निरन्तर इजरायलमा सम्पर्क गरिरहेका छौँ,” परिवारले प्रतिक्रिया दिएको छ।

    हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सम्झौता अस्वीकार र निरन्तर आक्रमणकै कारण बन्दीहरूको जीवन संकटमा परेको चेतावनी दिएको छ। इजरायलले करिब २० जना मात्र जीवित रहेको दाबी गरेको छ भने अमेरिकाले त्यो संख्या अझै कम हुन सक्ने उल्लेख गरेको छ।

    २०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा अहिलेसम्म ६५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। निरन्तर बमबारीका कारण हजारौँ नागरिक विस्थापित भएका छन्। नेतान्याहूले भने हमाससँग कुनै सम्झौता नगर्ने र सैन्य कारबाहीलाई निरन्तरता दिने स्पष्ट अडान दोहोर्याएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...

    ऊर्जा मन्त्री घिसिङको रोजाइमा मनोज सिलवाल, शाक्यमाथि बढ्यो दबाब

    काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब...

    हमासले ४८ बन्दीको तस्बिर सार्वजनिक, नेपाली विपिन पनि समेटिए

    काठमाडौं, असोज ४ – गाजामा जारी भीषण युद्धबीच हमासले ४८ जना इजरायली बन्दीको तस्बिर सार्वजनिक...