News Portal

युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

२८६ पटक

काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित फिर्ता भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सहजीकरणमा रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो। उनीहरू जुलाई २०२४ देखि युक्रेनको इमिग्रेसन क्याम्पमा थिए।

उद्धार प्रक्रिया उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सहयोगका लागि सम्पर्क गरेपछि सुरु भएको थियो।

आज दिउँसो १ बजे उनीहरू मल्दोवा र नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघका प्रमुख कार्यकारी अधिकृत र कनिष्ठ अधिकृतले स्वागत गरेका थिए।

उद्धारमा सहयोग पुर्‍याएकोमा उनीहरूले एनआरएनए र जर्मनीस्थित दूतावासलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...