News Portal

राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

३२५ पटक

काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण आम सहमतिमा प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी ६ महिनाभित्र नयाँ चुनाव सम्पन्न गराउन सबै राजनीतिक दल र नागरिकलाई आह्वान गरे।

राष्ट्रपतिले राजनीतिक दल, प्रशासन, बौद्धिक समुदाय र नागरिकहरूलाई द्वन्द्व र असहमति छोडेर सहकार्यमा निर्वाचन सफल बनाउन सक्रिय हुन आग्रह गरे। उनले संविधानले सबै नेपालीलाई समान हक र स्वतन्त्रता दिएको र यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताए।

पौडेलले १७ वर्षको उमेरमा प्रजातन्त्रका लागि राजनीतिमा प्रवेश गरेको स्मरण गर्दै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबैको सुझबुझ, समन्वय र सहयोगले देशले असहज अवस्था पार गर्न सकिएको बताए।

राष्ट्रपतिले विरोध प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको स्मरण गर्दै, सडकमा आफ्नो जीवन जोखिममा राखेका युवाहरूको योगदान र सदिच्छालाई सम्मान गर्न चाहेको पनि बताएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...