News Portal

राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

२१३ पटक

काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण आम सहमतिमा प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी ६ महिनाभित्र नयाँ चुनाव सम्पन्न गराउन सबै राजनीतिक दल र नागरिकलाई आह्वान गरे।

राष्ट्रपतिले राजनीतिक दल, प्रशासन, बौद्धिक समुदाय र नागरिकहरूलाई द्वन्द्व र असहमति छोडेर सहकार्यमा निर्वाचन सफल बनाउन सक्रिय हुन आग्रह गरे। उनले संविधानले सबै नेपालीलाई समान हक र स्वतन्त्रता दिएको र यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताए।

पौडेलले १७ वर्षको उमेरमा प्रजातन्त्रका लागि राजनीतिमा प्रवेश गरेको स्मरण गर्दै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबैको सुझबुझ, समन्वय र सहयोगले देशले असहज अवस्था पार गर्न सकिएको बताए।

राष्ट्रपतिले विरोध प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको स्मरण गर्दै, सडकमा आफ्नो जीवन जोखिममा राखेका युवाहरूको योगदान र सदिच्छालाई सम्मान गर्न चाहेको पनि बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...