News Portal

महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

२३५ पटक

काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको थियो। अध्यक्ष केपी शर्मा ओली बाहेक अधिकांश नेताहरू उपस्थित थिए।

कार्यक्रमपछि एमाले नेता महेश बस्नेत युट्युबरहरूसँग कुराकानी गर्दै देखिए। जब उनलाई सुधन गुरुङले आरोप लगाएको भन्ने प्रश्न सोधियो, बस्नेतले भने, “त्यस्ता हावा कुरा हुन्। उनीहरूले मलाई कुनै आरोप लगाएका छैनन्। सुधन गुरुङ अलिकति डराएका कुरा मात्र हो।”

बस्नेतले थपे कि सुधन गुरुङ एमालेमा आउन सक्ने सम्भावना छ। “सुधन भाइ एमालेमा आउँछन् जस्तो लाग्छ। यदि उनीहरू आए भने अचम्म नमान्नु।”

यसअघि सुधन गुरुङले आफूलाई केही अज्ञात समूहले फलो गरेको बताएका थिए। उनी हाल जेन जीको प्रतिनिधि बनेर मिडियामा देखा परिरहेका छन्।

त्यस्तै, बस्नेतले अभिनेत्री रिमा विश्वकर्मालाई जवाफ दिएका छन्। केही दिनअघि विश्वकर्माले सामाजिक सञ्जालमा बस्नेतलाई ‘नेता हो कि गुन्डा?’ भनेर प्रश्न गरेकी थिइन्।

बस्नेतले जवाफमा भने, “मलाई गुन्डा भन्नु उचित छैन। २३ वर्षको उमेरमा गाविस अध्यक्ष बनेँ, अहिलेसम्म कसैसँग दुई रूपैयाँ मागेको छैन। तपाईंका भाइको अनुभवले पनि सत्यता बताउँछ। देश सजिलो छैन र हावाको भरमा चल्दैन।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...