News Portal

ओली सेनाको सुरक्षाबाट बाहिरिए

३१३ पटक

काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको सुरक्षा घेराबाट बाहिरिएका छन्।

भदौ २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पद छोड्दै बालुवाटार खाली गरेका थिए। त्यसयता उनी शिवपुरीस्थित सेनाको सुरक्षामा बसोबास गर्दै आएका थिए। तर अहिले भने उनी गुन्डु क्षेत्रमा बसिरहेका छन् भन्ने जानकारी सार्वजनिक भएको छ।

आन्दोलनका क्रममा बालकोटस्थित उनको निजी घरमा आगजनी भएको थियो। यद्यपि पार्टीले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन।

यसअघि पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र झलनाथ खनाल पनि सेनाको सुरक्षाबाट बाहिरिइसकेका थिए। तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिले पनि सुरक्षा घेरामै छन्। आन्दोलनका क्रममा देउवामाथि शारीरिक आक्रमण भएपछि उनको सुरक्षा कडा पारिएको हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...