News Portal

बालकोट निवास ध्वस्त, ओलीका लागि नयाँ बसोबास खोजी

३२० पटक

काठमाडौं, असोज २ – जेन–जी आन्दोलनपछि सुरक्षा घेराभित्र रहन बाध्य भएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली छिट्टै सार्वजनिक हुने तयारीमा छन्।

आन्दोलनकै क्रममा बालकोटस्थित उनको निजी निवास पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अहिलेका लागि अस्थायी रूपमा बस्न सुरक्षित स्थान खोजिने काम भइरहेको एमाले निकट स्रोतले जनाएको छ। सोही अनुसार आगामी ३–४ दिनमै उनी नयाँ आवासमा सर्न सक्ने र त्यसपछि सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ।

जेन–जी आन्दोलनको प्रभाव सबैभन्दा बढी एमालेमा देखिएको थियो। पार्टी कार्यालयदेखि नेताहरूका घरसम्म तोडफोड र आगजनी भएकाले ओली लामो समयदेखि बाहिर देखिएका थिएनन्। तर, निकट नेताहरूले उनलाई सक्रिय भूमिकामा फर्काउन तयारी भइरहेको बताएका छन्।

पार्टीभित्र पछिल्लो राजनीतिक उतारचढावसँगै पुनर्गठनबारे चर्चा भए पनि तत्काल नेतृत्व परिवर्तन हुने संकेत भने छैन। ओलीले आफू सार्वजनिक भएपछि मात्र पार्टी बैठक बस्ने सन्देश दिएका छन्। उनका निकट नेताहरूका अनुसार उनले अध्यक्ष पद छोड्ने कुनै योजना बनाएका छैनन्।

यता एमालेले संविधान दिवसकै अवसरमा च्यासलस्थित जलेको केन्द्रीय कार्यालयकै भग्नावशेषमा कार्यक्रम गर्ने तयारी गरेको छ। सो कार्यक्रममा ओलीसहित पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...