News Portal

एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

१४२ पटक

काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बसेको बैठकमा राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

बैठकमा असोज ३ गते भव्य रूपमा मनाउने संविधान दिवसको तयारीसम्बन्धी छलफल पनि भएको थियो। कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पद्म अर्याल लगायत पार्टीका जनसङ्गठन, सम्पर्क कमिटी र विभाग प्रमुखहरू सहभागी थिए।

एमाले अध्यक्ष केपी ओली हाल जेन–जी आन्दोलनपश्चात् सुरक्षाको दृष्टिले सेनाको निगरानीमा छन्। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...