News Portal

रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

३४८ पटक

काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ सुमना श्रेष्ठविरुद्ध गरेका टिप्पणी फिर्ता लिँदै आत्मालोचना गरेका छन्।

हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा ढकालले आफूले भावनामा आएर अनुचित अभिव्यक्ति दिएको स्वीकार गरेका हुन्। उनले त्यसबापत दुख व्यक्त गर्दै क्षमा मागेका स्रोतले जनायो।

यसअघि सभापति रवि लामिछानेको कारागारमुक्ति विषयमा छलफल हुँदा ढकाल र श्रेष्ठबीच वाकयुद्ध भएको थियो। त्यही क्रममा ढकालले ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखान प्रयोग गर्दै सभापतिविरुद्ध उत्रनेहरूले पार्टी छाडे हुन्छ भन्ने टिप्पणी गरेका थिए।

श्रेष्ठले तीन दिनअघि पार्टी छाडेपछि ढकालप्रति असन्तोष देखिएको भए पनि, आत्मालोचना भएको बैठकमा नेताहरू मौन बसेको बताइन्छ।

सो बैठकले असोज २ गतेदेखि पार्टीका नियमित गतिविधि सञ्चालन गर्ने र आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना सफाइ तथा पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...