News Portal

विराटनगरको भाटभटेनीमा शव फेला

२२७ पटक

विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ।

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तलामा भेटिएको शव अत्यधिक जलेको अवस्थामा भएकाले तत्कालै पहिचान खुल्न सकेको छैन।

गत भदौ २४ गते अराजक समूहले विराटनगर शाखामा आगजनी गरेको थियो। त्यसपछि सोमबार सरसफाइका क्रममा कर्मचारीले शव देखेका हुन्।

यसअघि धरान शाखामा पनि गत शुक्रबार ४ जनाको शव भेटिएको थियो। कोशी प्रदेशका पाँच शाखामध्ये विराटनगर, धरान, दमक र बिर्तामोडमा आगजनी र लुटपाट भएको थियो भने इटहरीको शाखा स्थानीयको पहलमा सुरक्षित बचाइएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...