आज : २०२६-०९-२०, आइतबार

भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको आरोप लगिएपछि उनले आफ्ना सबै भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्।

२३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनसम्बन्धी उनका भिडिओमा संसद भवनभित्र ३२ जनाको शव भेटिएको, जेल तोडेर रवि लामिछानेलाई निकाल्नुपर्ने, झापामा ठूलो मात्रामा सुन र चाँदी भेटिएको, काठमाडौंको हिल्टन होटेल र दमकको भ्यु टावरमा आगलागी हुँदा खुशी मनाएको जस्ता आधारहीन जानकारीहरू समावेश थिए।

सामाजिक सञ्जालमा आलोचना बढेपछि न्यौपानेले भिडिओ हटाउन बाध्य भएका हुन्। उनले आफ्नो बचाउमा भनेका छन् कि भिडियो ‘स्थानीय सञ्चारमाध्यमको समाचारमा आधारित’ रहेको हो, तर भिडिओमा कुनै स्रोत उल्लेख गरिएको थिएन।