News Portal

एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

३२७ पटक

काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि कम्पनीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ। उजुरीमा कम्पनीले घटना अनुसन्धान गरी अपराधीलाई कानूनी कारबाही गराउन र डकैतीमा लुटिएको सम्पत्ति फिर्ता दिलाउन माग गरेको छ।

उजुरी अनुसार आन्दोलनको क्रममा अपराधीहरूले सुरक्षा कर्मीहरूलाई धम्की दिँदै कार्यालयमा प्रवेश गरेका थिए। ग्राउन्ड फ्लोरको ग्राहक सेवा केन्द्र, रिसेप्सन, र कार्यालयका विभिन्न उपकरणहरू तोडफोड गरिएको छ। भवनका सबै तलामा प्रवेश गरी कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी मेसिन लगायतका महत्त्वपूर्ण कार्य उपकरण चोरी वा नष्ट गरिएको उजुरीमा उल्लेख छ।

कम्पनीले जनाएको छ कि कर्मचारीका व्यक्तिगत सामान र ल्यापटप, मिटिङ हलका टिभी तथा मोनिटर, दोस्रो तलाको फिटनेस सामग्री समेत चोरी वा नष्ट भएको छ। भाडामा लिइएका महँगा मोटर गाडी र कर्मचारीका गाडीहरूमा आगो लगाइएको र ठुलो आर्थिक नोक्सानी भएको उजुरीमा भनिएको छ।

एनसेलले घटना पुष्टि गर्न र अनुसन्धानलाई सहयोग पुर्‍याउन सबै सिसिटिभी फुटेज र क्षतिको विवरण प्रहरीले उपलब्ध गराएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...